बागलुङ, ९ साउन । बागलुङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । घाइते ६ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
रणसिंहको घोरघोरे हुँदै जलजलाको बाटो खर्वाङ आउँदै गरेको ध १ ज १८४ नंम्वरको पिकअप जिप बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा आज विहान दुर्घटना भएको थियो ।
दुर्घटनामा वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका ४२ वर्षीय हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका ६० वर्षीय मुक्त पाइजा, वडा नं. ८ रणसिंहका ३६ वर्षीय नरबहादुर शेर्वुजा र चालक बडिगाड ४ जलजलाका ३५ वर्षीय तुलबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते बडिगाड वडा नंं ८ रणसिंह घर भई हाल ग्वालीचौर निवासी भिम बहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक बहादुर पाइजा, सोहि ठाउँका दिपशिखा पाइजा, बालमाति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई बडिगाड ५ सिमाक निवासी भिम बहादुर श्रीसलाई उद्दार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडांैंको ग्राण्डी अस्पतालमा पठाइएको बडिगाड गाउँपालिका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिए ।
उनका अनुसार मृतकको पोस्टमार्टम घटनास्थल नजिकै ग्वालीचौर स्वास्थ्य चौकीमा डाक्टर बोलाएर गरिदैछ ।
कमल पौडेलबाट














प्रतिक्रिया