वीरगन्ज (पर्सा), ११ कात्तिक । पर्सा प्रहरीले लागुऔषध इन्जेक्सनसहित काठमाडौँ साँखु बस्ने २२ वर्षीय रबि थापालाई पक्राउ गरेको छ ।
वीरगन्ज उपमहानगरपालिका वडा नं १९ मा जाँच गर्ने क्रममा लागुऔषध डाइजेपाम ४०, नर्फिन ४० र फेनारागन ४० वटासहित थापा पक्राउ परेको प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक चन्द्रप्रसाद सिलवालले जानकारी दिनुभयो ।
यसैगरी पर्साको जगरनाथपुर वडा नं ९ हरपुरबाट प्रहरीले सात किलो अवैध लागुऔषध गाँजासहित एकजनालाई पक्रेको छ । धोरे वडा नं ८ बस्ने ३५ वर्षीय राजकुमार पटेरालाई गाँजा भारततर्फ लाँदै गरेको अवस्थामा प्रहरीले पक्रेको हो ।
पटेरालाई प्रहरी चौकी पाँडेपुरका प्रहरी सहायक निरीक्षक वीरेन्द्र साहको नेतृत्वको टोलीले अवैध लागुऔषध गाँजा सात किलोसहित गएराति पक्रेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया