१० मंसिर २०८३, बिहिबार

नयाँ शक्ति पार्टीको बैठक बस्दै, पार्टी एकीकरणको प्रस्ताव पेश हुने

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९साउन । पार्टी एकीकरण, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्न नयाँ शक्ति पार्टी नेपालको बैठक बस्दैछ ।

काठमाडौंको बबजरमहलस्थित पार्टी कार्यालयमा अहिले केही समयपछि सुरु हुने बैठकमा संयोजक बाबुराम भट्टराईले कार्यपत्र पेश गर्नु हुनेछ ।

संयोजक भट्टराईले संघीय समाजवादी फोरम नेपालसँगको पार्टी एकीकरणसम्बन्धी प्रस्ताव पनि पेश गर्ने बताइएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन र पराजयको कारणका विषयमा पनि समीक्षा हुनेछ ।