१० मंसिर २०८३, बिहिबार

एमाले नेता नेपाल चढेको गाडीमा तोडफोड, तीन जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ८ असार । नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चढेको गाडीमा तोडफोड भएको छ ।

पार्टीको कार्यक्रमका सिलसिलामा रामेछाप पुगेका नेता नेपालको गाडी पार्किङ स्थलमा राखिएको अवस्थामा तोडफोड भएको रामेछापबाट एमाले कार्यकर्ता अनमोल अविनाशले जानकारी दिए । तोडफोडबाट गाडीको सिसा फुटेको र अन्य क्षति भएको बताइएको छ ।

घटनाप्रति एमाले रामेछापले भत्सर्ना गरेको छ र दोषीलाई कारवाहीको माग गरेको छ । घटनामा कांग्रेस कार्यकर्ताको हात रहेको एमालेको आरोप छ । यद्यपी कांग्रेसले त्यो अस्वीकार गरेको छ ।

यता रामेछापका डीएसपी कुमोद ढुङ्गेलले घटनामा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

गाडीमा तोडफोड भएपनि नेता नेपाल प्रमुख आतिथ्यतामा रामेछापमा पुष्पलालको शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ ।