काठमाडौं, ८ साउन । भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गरेर परेको रिटमा आजपनि सर्वोच्च अदालतले फैसला गर्न सकेन् ।
रिटमा सुनुवाई नसकिएपछि आज फैसला हुन नसकेको अदालतले जनाएको छ । रिटमा भोलि पुनः बहस हुने बताइएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताहरूले मत पत्र च्यातेपछि अबरुद्ध भएको मतगणनालाई सुचारु गर्न एमालेको माग रहँदै आएको छ । एमालेका नेताहरूले च्यातिएका मतपत्रलाई थाँती राखेर मतगणना गर्नुपर्ने माग गर्दै आएका छन् ।
तर, निर्वाचन आयोगले वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरिसकेको छ । यसविरुद्ध सर्वाेच्चमा रिट परेको हो ।












प्रतिक्रिया