१० मंसिर २०८३, बिहिबार

कांग्रेसको केन्द्रीय समिति बैठक दोस्रो दिन पनि बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले केही समयपछि सुरु हुने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन समीक्षा लगायतका विषयमा छलफल हुनेछ ।

शनिबारको बैठकमा केन्द्रीय सदस्यहरूले स्थानीय तहको निर्वाचनमा पार्टी नेतृत्वले सममया टिकट वितरण गर्न नसक्दा र अन्तरघात रोक्न कडा कदम नचालेका कारण कांग्रेसका थुप्रै उम्मेदवारहरूले पराजय भोग्नु परेको बताएका थिए ।