२१ कार्तिक २०८३, शनिबार

केएल दुगडको गोदाममा आगलागी, लाखौँको क्षति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, ७ साउन । नेपालगन्ज– १८ को भुजई गाउँमा रहेको केएल दुगड समुहको खाद्य गोदाममा भिषण आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

शनिबार दिउँसो करिब ३ बजेदेखि सुरु भएको सो आगलागी साँझ साढे ६ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको थिएन । मध्यराति सो आगलागी नियन्त्रणमा लिइएको छ ।

सोयाबिन तेल, बनस्पति घिउ र गहुँ भण्डारण गरिएको सो गोदाममा तेल र घिउ राखेको गोदामबाट आगो सुरु भएको प्रत्यक्षदर्शी सुरेश भण्डारीले बताए ।

घटनास्थलमा रहेका केएल दुगड गु्रपका नेपालगन्ज प्रबन्धक प्रदीप छाजेडले आगलागीको कारण खुल्न नसकेको बताए ।