लण्डन, १० कात्तिक । बेलायतमा प्रधानमन्त्री डेविड क्यारुनमाथि आक्रमण भएको छ ।
द्रुत गतीको रेल सेवाबारे प्रचार गर्न उत्तरी शहरहरुको भ्रमणमा रहेका प्रधानमन्त्री क्यामरुनमाथि बाटोमा हिँड्दा हिँड्दै एक प्रदर्शनकारीले आक्रमण गरेका हुन् । आक्रमणकारीहरु सरकारी योजनाको विरोध गरिरहेकाहरु रहेको बताइएको छ ।
आक्रमण भएपनि क्यामरुन सकुशल रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनलाई कुनै चोटपटक पनि लागेको छैन ।
शक्तिशाली देशका प्रधानमन्त्री माथि सडकमै आक्रमण भएपछि बेलायतको सुरक्षा ब्यवस्थामाथि गम्भिर प्रश्न उठेको छ । आक्रमणमा संलग्न २८ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरी छाडेको छ ।
हेर्नुस भिडियो:
https://www.youtube.com/watch?v=vxfgDvpc2Ew


















प्रतिक्रिया