२१ कार्तिक २०८३, शनिबार

अबको मुख्य कार्यभार आर्थिक क्रान्ति : नेता खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ७ साउन । एमालेका वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक आन्दोलन पूरा भइसकेकोले राजनीतिक दलहरूको अबको मुख्य कार्यभार आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिनु भएको छ ।

नेकपा एमाले बागलुङले ३९ औं पुष्पलाल स्मृति दिवस पारेर शनिवार आयोजना गरेको विचार गोष्ठीमा बोल्दै खनालले यस्तो बताउनु भएको हो ।

राजनीतिक दलहरुको काँधमा अब मुख्य ५ वटा कार्यभार आएका छन, खनालले भन्नुभयो– राष्ट्रिताको रक्षा, लोकतन्त्रको संस्थागत विकास, आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण, सांस्कृतिक रुपान्तरण र विदेश नीतिमा सन्तुलन ।

यीमध्ये आर्थिक सामाजिक रुपान्तरण अबको पहिलो कार्यभार भएको उहाँको भनाइ थियो । राजनीतिक रुपमा राणातन्त्र फाल्यौ, पञ्चायत पाल्यौ, राजतन्त्र फाल्यौ, गणतन्त्र ल्याऔ, अब देशमा विद्यमान गरिवी, बेरोजगारी, रोग, भोक र शोक फाल्नका लागि आर्थिक रुपान्तरण आवश्यक रहेको उहाँको भनाइ थियो ।

देश समृद्ध नभएकै कारण राष्ट्रियता कमजोर भएको चर्चा गर्दै खनालले देशमा भएका स्रोत साधनको अधिकतम उपयोग गरी स्वदेशमा रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

कृषिमा आधुनिकीकरण र सहकारीकरण गरेर कृषि उद्योग सञ्चालन गर्ने, उत्पादन र बजारीकरणको व्यवस्था मिलाउनेतर्फ अब सबैको ध्यान जानु पर्नेमा जोड दिदै खनालले यसको अगुवाई नेकपा एमालेले गर्नु पर्ने बताउनुभयो ।