१० मंसिर २०८३, बिहिबार

जलबीरेको पहिरो पन्छाइयो, अबरुद्ध सडक सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ ।

बिहान ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो दुवैतर्फबाट पन्छाइएपछि बिहान ७ः२५ देखि सडक सञ्चालनमा आएको हो । सो सडकमा राति आवागमन रोकिँदै आएको छ ।
नारायणगढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट बिहान ५ बजे सवारी छाडिने भए पनि पहिरो खसेपछि ती सवारी रोकिएका थिए । पहिरो पन्छाइएसँगै सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका ठाउँमा पटक पटक पहिरो खसेपछि राजधानी प्रवेशको सो मुख्य मार्ग हुँदै आवतजावत गर्ने यात्रुले दुःख पाउँदै आएका छन् । रासस