काठमाडौं, ६ साउन । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम थालेको छ ।
फास्ट ट्रयाक निर्माण आयोजना व्यवस्थापनको अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले द्रुतमार्ग निर्माण सम्बन्धी भइरहेको गतिविधिबारे विहिबार स्थलगत निरीक्षण गरी जानकारी लिएका छन् ।
निरीक्षणको क्रममा रथी थापाले निजगढ, बुदुनी र दोभान (सिस्नेरी) मा दु्रतमार्ग निर्माणको सिलसिलामा खडा भएका बेस क्याम्पहरुको निरीक्षण गर्नुको साथै भईरहेका पाइलट ट्रयाकमा खसेका पहिरोहरुबाट उत्पन्न भएका अवरोध हटाई सडक निर्माण कार्यलाई गति दिन भईरहेका कार्यको अवलोकन तथा सडक निर्माण सम्बन्धी अन्य थप गतिविधिको जानकारी समेत लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सरकारले ५ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी फास्ट ट्रयाक जिम्मा नेपाली सेनालाई दिएको छ । सेनाले कुनै हालतमा तोकिएको समयभित्र निर्माण सम्पन्न गरिसक्ने अठोट लिएको छ ।













प्रतिक्रिया