काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी सरकारको सहस्राब्दी चुनौति सहयोग, मिलेनियम च्यालेञ्ज कोअपरेशनका सहायक उपाध्यक्ष फतिमा सुनारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेकपा एमाले संसदीय दलमा भएको भेटवार्तामा उहाँहरुबीच ट्रान्समिसन लाईन निर्माण र गह्रुंगा सवारी साधनहरु चल्ने सडकको सुधार लगायत नेपालमा सो संस्थाले गर्ने सहयोगका विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा मिलेनियम च्यालेञ्ज कोअपरेशनका सहायक उपाध्यक्ष फतिमाले सो कार्यक्रमको अहिलेको अवस्थाका बारेमा एमाले अध्यक्ष ओलीलाई जानकारी गराउनु भएको थियो ।











प्रतिक्रिया