काठमाडौं, ६ साउन । सर्वाेच्च अदालतले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने माग गर्दै दिइएको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ ।
प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय महिला आयोग र मानव अधिकार आयोगलाई विपक्षी बनाई अधिवक्ता विनिता कार्कीले शुक्रबार सर्वाेच्चमा दिएको रिट मुख्य रजिष्ट्रार नहकुल सुवेदीले ‘राजनीतिक इस्यू’ भन्दै दर्ता गर्न अस्वीकार गरेका हुन् ।
संविधानमा स्थानीय तहमा महिलाको लागि ४० प्रतिशत र व्यवस्थापिका संसदमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएपनि मन्त्रिपरिषदमा ‘समावेशी’ भन्ने शब्दमात्र प्रयोग गरिएको छ, जसले मन्त्रिपरिषद्मा ३३ प्रतिशत सहभागिता अर्थात समावेशी सुनिश्चित भएको छैन् । यसैकारण अधिवक्ता कार्कीले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्त लागू हुनुपर्ने मागसहित रिट निवेदन दर्ता गर्न खोजेकी थिइन् । तर, सर्वाेच्चले नै अस्वीकार गर्यो ।











प्रतिक्रिया