२१ कार्तिक २०८३, शनिबार

एक सातादेखि बाजुरा सदरमुकाम अध्यारोमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ६ साउन । जिल्ला सदरमुकाम मार्तडीमा बत्ति नबलेको साता बितेको छ । त्रिवेणी साना जलविद्युत केन्द्रको नहर भत्किएको र प्यानेष्टीक पाईप फुटे पछि बत्ति पूर्ण रुपमा अवरुद्ध बनेको हो । जलविद्युत त्रिवेणी सहकारी संस्थाको स्वामित्वमा सञ्चालन हुदै आएको छ ।
बत्ति नियमति नभएको २० दिन बढी भएपनि पूर्ण रुपमा बन्द नै भएको साता बितेको छ । यो समस्या मार्तडीका स्थानीय प्रत्येक वर्ष भोग्नु परेको छ । हिँउदमा मौन बस्ने र वर्षादमा मात्र सक्रिय हुने कर्मचारी पाराले मार्तडी बासी हरेक वर्ष अँध्यरोमा बस्न बाध्य भएका हुन् ।

बाहुली गाडलेले हरेक वर्षातमा बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित बिजुलीको बाँध भत्काउँछ, नहरमा क्षति पुर्याउँछ, सदरमुकामवासी अध्याँरोको सास्ती ब्यहोर्छन् । कार्यालयको कामकाज ठप्प हुन्छ, ब्यापार ब्यवसाय चौपट हुन्छ । तर, स्थानीय बासिन्दा सकेसम्म बिजुली पुर्नसञ्चालनका लागि हप्तौं श्रमदान गर्न तयार हुनु पर्ने बाध्य हुन्छन् ।

तर यो वर्ष त्यस तर्फ पनि स्थानीयले ध्यान दिएका छैनन् । बर्षेनी श्रमदान गर्न नसकिने र कार्यालयको लापरवाही र कमजोरीले उपभोक्तामा समस्या परेको आक्रोश सहीत जनगुनासो बसेको छ ।  पाँच वर्ष बढी देखिएको यस क्रमले यो वर्षादमा पनि निरन्तरता पायो । पहिलाकै जस्तो समस्या दोहोरियो । स्थानीय बासिन्दा अध्यारोमा बस्न बाध्य छन् भने जनजीवन प्रभावित छ । त्रिवेणी साना जलविद्युत केन्द्रका १५ सय बढी ग्राहक छन् । बिद्युत निर्माण भएको तीन दशक बित्न लागिसकेको छ ।

२ सय किलोवाट क्षमताको बत्ति अवरुद्ध भएपछि कार्यालयको कामकाज ठप्प छ । भने उपभोक्ता अँध्यरोमा बस्न बाध्य छन् । हजारौ फोन अफ छन् । सञ्चालित रेडियो पत्रपत्रिका समेत बन्द गर्नु पर्ने अवस्था छ ।  तर त्रिवेणीले भने अझै निर्माणमा तिब्रता दिएको छैन् । तर त्रिवेणी साना जलविद्युत कार्यालयका निमित्त कार्यालय प्रमुख गगन अयडीले अस्थायी संरचना बनाएर तत्कालका लागि विधुत सेवा सूचारु गर्ने प्रयास भइरहेको बताए । ‘सेवा सुचारु हुन अनिश्चित भएपनि जतिसक्दो चाँडै सदमुकामको अध्याँरो हटाउन प्रयास गरिरहेका छौं,’ उनले भने ।  बाँध निर्माणकै लागि कार्यालयले विजयराज पण्डितलाई जिम्मा दिएको थियो । असार १० गतेभित्र निर्माण गर्ने सम्झौता सहीत ५ लाखको ठेका लिएपनि पण्डितले अझै पुरा काम गरेका छैनन् । जसको मारमा स्थानीय उपभोक्ता परेका छन् ।

हाल सदरमुकाम लगायत बडिमालिका नगरपालिका क्षेत्र क्षेत्रका चार हजार बढी परिवार अध्याँरोमा बस्न बाध्य छन् । साथै, स्थानीय बासिन्दाहरु सूचना तथा सञ्चार सेवाबाट समेत बिच्छेद भएका छन् । स्थानीय एफएम, पत्रपत्रिका, टेलिभिजन, मोबायल, इमेल इन्टरनेट सेवा अवरुद्ध छ । सबै कायालयमा विद्युतीय उपकरणद्वारा कामकाज हुने भएकाले विधुत सेवा अवरुद्ध हुँदा सबै क्षेत्र प्रभावित भएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । ०४३ सालमा निर्मित दुई सय किलोवाट क्षमताको मार्तडीको बिद्युत स्थानीय त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भाडामा लिएर सञ्चालन गर्दै आएको छ । सम्पूर्ण ब्यवस्थापनको जिम्मेवारी त्रिवेणीकै हो । आवश्यक मर्मत सम्भार समेत उसैले गर्नु पर्ने जिम्मेवारी भएकाले हाललाई सरकारी दायित्व भने छैन् । मर्मत गर्नु पर्ने भनिएपनि सहकारीले त्यस प्रति वास्ता गर्ने गरेको छैन् ।