काठमाडौं, ६ साउन । अन्नपूर्ण पोस्ट दैनिक पत्रिकाका प्रधान सम्पादक युवराज घिमिरेले पदबाट राजीनामा दिनुभएको छ ।
तीन वर्षदेखि प्रधान सम्पादक पदमा कार्यरत घिमिरेले आजैका मितिबाट लागु हुनेगरी राजीनामा दिनुभएको हो ।
यसअघि कान्तिपुर दैनिक र काठमाण्डू पोस्टको सम्पादक रहिसक्नुभएका घिमिरेको राजीनामाको कारण खुल्न सकेको छैन् । यद्यपी घिमिरेले आफ्नो राजीनामाबारे ‘नयाँ मान्छेलाई अवसर दिन’ छाडेको प्रतिक्रिया दिनुभएको छ ।












प्रतिक्रिया