मोरङ, ६ साउन । केराबारी गाँउपालिका–८ हजारबिघा कनकटोल बस्ने ५० वर्षीय छत्रबहादुर घोरसोनेलाई लोड भएको ४ नाल भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले छत्रबहादुरको गाई ग्वाली खानतलासी गर्दा माथिल्लो भागमा परालले छोपेर राखेको उक्त भरुवा बन्दुक फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया