काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार (भोलि) तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवर यात्रामा जानुहुने भएको छ ।
ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ (सपरिवार) मानसरोवर यात्रामा निस्किन लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि पवित्र स्थल मानसरोवरको उत्तरमा कैलास पर्वत रहेको छ ।
यसअघि पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई आफ्ना पितासहित ल्हासा भएर मानसरोवर जानुभएको थियो ।
समुन्द्र सतहबाट करिब ४,५९० मिटरको उचाईमा अवस्थित मानसरोवर चीनको ल्हासाबाट ९४० किलोमिटर (५८० माइल)को दुरीमा रहेको छ । नेपालबाट भने अहिले हुम्लाको सिमीकोट नै मानसरोवरको प्रवेशद्वार बनेको छ ।












प्रतिक्रिया