काठमाडौँ, १० कात्तिक । अनसनकै क्रममा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अन्त्येष्टी सरकार आफैँले गर्ने भएको छ ।
मन्त्रिपरिषदको सोमवारको बैठकले अधिकारीको अन्त्येष्टीका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सशस्त्र द्वन्द्वकाल विद्रोहीपक्षबाट मारिएको आफ्नो छोरो कृष्णप्रसादको हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै वीर अस्पतालमा अनसन बसेकै बेला अधिकारीको मृत्यु भएको थियो ।
बुबाको मृत्युपछि सञ्चार माध्ययममा शव नउठाउँने जानकारी गराउँदै उनका छोरा नूरप्रसाद सम्पर्क विहीन बनेका थिए । उनको अहिलेसम्म पत्तो छैन ।
शव बुझ्न उनका छोरा नआएकै कारण अधिकारीको अहिलेसम्म अन्तेष्टी भएको छैन । उनको शव शिक्षण अस्पताल महाराजगन्जमा छ ।
नूरप्रसादले आमा–बुबाको अनसन तोडाउन सरकारसँग करोडौं रकम माग गरेको चर्चासमेत चलेको थियो । गृहमन्त्री बामदेव गौतमले संसद्मै सरकारले अधिकारीको परिवारले मागेको जति रकम सरकारले दिन नसकेको बताएका थिए ।
सरकारको विशेष आग्रहमा गत साता अनसन तोडेकी अघिकारीकी श्रीमति गंगामायाको जीवनयापनको व्यवस्था पनि सरकारले गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया