काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकक्षमा राखिएको चीनतिरबाट खिचिएको सगरमाथाको तस्बिर हटाइएको छ ।
प्रधानमन्त्री कार्यालयको विदेशी कुटनीतिसँग भेटघाट गर्ने कक्षमा राखिएको चीनतिरबाट खिचिएको सगरमाथाको तस्वीर हटाइएको जानकारी प्रधानमन्त्री देउवाले आफ्नो ट्वीटर एकाउन्टमार्फत दिएका छन् ।
बुधवार प्रधानमन्त्री देउवा र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अलहैलसँगबीच सिंहदरबारमा भएको भेटको तस्वीरमा विदेशी कक्षको भित्तामा चीनतिरको भुभाग झल्काउने सगरमाथाको तस्वीर बाहिर आएको थियो ।
चीनतिरको सगरमाथाको फोटो बाहिर आएपछि प्रधानमन्त्री देउवाको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
आफ्नो आलोचना भएपछि देउवाले ट्वीटरमा लेखेका छन्– ‘प्रधानमन्त्री कार्यालयको बैठक कक्षको तस्वीर हटाइएको छ । पर्यटन बोर्डले खिचेको सगरमाथाको तस्वीर छिट्टै टासिदैछ । सुझाव दिनुहुने सबैलाई धन्यवाद ।’
https://twitter.com/PM_Nepal/status/887932774807511040
https://twitter.com/PM_Nepal/status/888279034324439041












प्रतिक्रिया