३१ आश्विन २०८३, शनिबार

बहिनी बलात्कार गर्ने सिलवाल प्रहरी कठघरामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १० कात्तिक ।  आफ्नै साथीकी बहिनीलाई बलात्कार गर्ने झापा धाइजनका पूर्णबहादुर सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।

शारीरिक रूपमा अपाङ्ग ती  युवतीलाई बलात्कार गर्ने सिलवाललाई ईप्रका धुलावारीले पक्राउ गरी थप अनुसन्धानका लागि ईप्रका काकडभिट्टा पठाएको हो।
सिलवालले आईतबार बिहान आफ्नै घरमा कोहि नभएको मौका छोपी बलात्कार गरेका थिए ।  आरोपित सिलवाल बिरुद्ध पीडितका परिवारले सोमबार बिहान ईप्रका काकडभिटामा किटानी जाहेरी दिएको थियो ।

ईप्रका काकडभिट्टाले स्वास्थ्य परीक्षणका लागि ती युवतीलाई मेची अञ्चल अस्पताल पठाइएको छ।