काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै आज समापन हुँदैछ ।
नयाँबनेश्वरमा आज बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्रमाथि टिप्पणी गर्न बाँकी सदस्यहरूले बोलेर सकेपछि बैठक समापन हुनेछ ।
बैठक सक्नु अगाडि अध्यक्ष थापाले केन्द्रीय सदस्यहरूले उठाएका जिज्ञासाको जवाफ दिनु हुने केन्द्रीय सदस्य सगुन लावतीले जानकारी दिनुभयो ।
बैठकमा सरकारमा जान हुने वा नजाने तथा संविधान संशोधनलाई के गर्ने भनेर केन्द्रीय सदस्यहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
यसैबीच, राप्रपाको आजको बैठकमा पनि वरिष्ठ नेता पशुपति शम्शेर राणा आउनु भएको छैन ।
राणासँग बैठकमा नआउनेमा लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, हरिबहादुर बस्नेत, नवराज सुबेदी, रामकुमार सुव्वासहितका नेताहरू रहेका छन् ।
अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यो समूह लगातार अनुपस्थित हुँदै आएको छ ।











प्रतिक्रिया