१० मंसिर २०८३, बिहिबार

कमल थापाले पार्टी चलाउन लिएको ४ करोड ऋण फिर्ता गर्न नमानेको खुलासा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ साउन । तत्कालीन राप्रपा नेपालका कोषाध्यक्ष एवम् हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दिलविकास राजभण्डारीले पार्टी केन्द्रीय कार्यालय बनाउँदा २ करोड ५९ लाख खर्च गरेको बताउनु भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका बेला बिहीबार राजभण्डारीद्वारा केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको पत्र अनुसार केन्द्रीय कार्यालयको ६५०० वर्गफिटमा बनेको भवन आफूले दिएको उल्लेख गरिएको छ ।

कार्यालयका विभिन्न कोठा आल्मुनियम पार्टेशन गर्न तेइस लाख खर्च लागेको पत्रमा उल्लेख छ । पार्टी कार्यालय बनाउँदा थुप्रै खर्च लागे पनि आफूले हालसम्म ३० लाख मात्रै भुक्तानी पाएको उहाँले बताउनुभएको छ ।

राजभण्डारीले पार्टी कार्यालय (राप्रपा नेपाल) बनाउँदा अध्यक्ष कमल थापासँगको सहमतिमा महालक्ष्मी फाइनान्सबाट ऋण लिनु भएको थियो । केन्द्रीय सदस्य राजभण्डारीले ऋणको साँवा र व्याज आफै तिर्दै आउनु भएको छ ।

२०७० सालको संविधानसभा निवार्चनमा पार्टीले आफू र आफ्ना साथीहरूसँग लिएको एक करोड त्रिपन्न लाख पनि फिर्ता नभएको उहाँले बताउनुभएको छ ।

पुरुषोत्तम शाहीले पचास लाख, कमला शर्माले २३ लाख र आफूले ८० लाख ऋण स्वरुप तत्कालीन राप्रपा नेपाललाई दिएको केन्द्रीय सदस्य राजभण्डारीले बताउनुभयो । त्यस बेला राजभण्डारी राप्रपा नेपालको कोषाध्यक्ष हुनुहन्थ्यो । अध्यक्ष थापासँग मनमुटाव भएपछि उहाँलाई कोषाध्यक्षबाट हटाइएको थियो ।

राजभण्डारीले हालसम्म हिसाव गर्दा चार करोड छ लाख कमल थापासँग लिन बाँकी रहेको बताउनुभएको छ । उहाँले रकम अविलम्ब फिर्ता गर्न अध्यक्ष कमल थापासँग माग गर्नुभएको छ ।

‘पार्टीका लागि २०औं लाख चन्दा सहयोग, पार्टी संगठनका लागि दिएको खर्च, पार्टीलाई माथी पुगाउन लाखौ अनुदान र पार्टी संगठनका निम्ति ५०औँ लाख बराबरको गाडी किनेको छु’, केन्द्रीय सदस्य राजभण्डारीले बताउनुभएको छ ।

केन्द्रीय सदस्य राजभण्डारीले आफू सधैँ सनातन धर्म, सापेक्ष हिन्दुराष्ट्र कामय गर्न दृढ रहेको बताउनुभएको छ ।