१० मंसिर २०८३, बिहिबार

लमहीकी सुजाता परिन् १.७ मिलियन डलरको लोभमा, गुम्यो ५५ लाख

36.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ६ साउन । दाङ जिल्लास्थित लमहीमा घर भएकी एक महिला १.७ मिलियन डलरको लोभमा पर्दा लाखौँ रकम गुमाउन पुगेको रहस्य बाहिर आएको छ ।

लमही नगरपालिका वडा नं. ५ कि सुजाता केसी पौडेलले अमेरिकाबाट आएको भनिएको कथित १.७ मिलयिन डलरको लोभमा परेर ५५ लाख ८५ हजार रुपियाँ गुमाउन पुगेकोप्रहरीले जनाएको छ ।

ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले ललितपुर जिल्ला निवासी पुरन घर्ती मगर भन्ने सुमन लामा, मकवानपुर जिल्ला हेटौँडा ६ घर भई हाल लाजिम्पाट बस्ने रवि थोकर र ललितपुरको धोवीघाट बस्ने दिनेश बस्नेतलाई पक्राउ गरेको छ ।

यो तीन जनाको समूहले बेलायती नागरिक भएको भनेर सुजाता केसी पौडेलसँग एक वर्षदेखि ‘फेसबुक’ र ‘ह्वाट्स एप’बाट सम्पर्कमा रहँदै आएका थिए ।

कुराकानी हुँदै गर्दा तीन जनाको समूहले केही दिन पश्चात भारतीय मोवाइलबाट सुजाता केसी पौडेललाई फोन गरी ‘तिम्रो नाममा बैंक अफ अमेरीकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाएको छु, भारतीय नियम अनुसार कर तिर्नु पर्ने भयो’ भनेर ठूलो रकम माग गरेको थियो ।

उनीहरूले जगदीश आचार्य तथा पुरन घर्तीमगरको खाताबाट र रामकुमार शेर्पा, सञ्जीव महर्जन समेतको नामबाट आईएमईमार्फत पैसा पठाउन सकिने भन्दै सुजाता केसी पौडेललाई विश्वासमा लिएको थियो ।

त्यसपछि सुजाता केसी पौडेलले ५५ लाख ८५ हजार रकम आईएमई गरेर पठाएको प्रहरी भनाइ छ ।

आफू ठगिएको थाहा पाएपछि सुजाता केसी पौडेलले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले उनीहरूलाई बैंकको चेक तथा एटिएम कार्डसहित विभिन्न स्थानहरूबाट पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।