बाके, ५ साउन । नेपालगञ्जमा बुधबारदेखि एजुकेशन फेयर तथा शैक्षिक नीति बहस विहिवार सम्पन्न भएको छ ।
पद्मा मिडिया नेटवर्कद्वारा सञ्चालित बिजनेश प्लस टेलिभिजनको आयोजनामा नेपालगञ्जको सिद्वार्थ कटेजमा दुई दिने शैक्षिक मेला तथा शिक्षा नीति बहस सम्पन्न भएको हो ।
मेलाको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद र उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष नन्दलाल वैश्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
मेलामा जिल्ला अदालत बाँकेका जिल्ला न्यायधिश तेजनारायण पौडेलको पनि उपस्थिति थियो । विभिन्न ३० वटा शैक्षिक संस्थाहरुको स्टल राखिएको मेलामा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मको विद्यार्थीहरु सहभागी भई अवसरको लाभ लिएका छन । दुई दिन सम्म चलेको शैक्षिक मेलामा दुई हजार भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
मेलामा बिहिबार शैक्षिक नीति बहस समेत भएको थियो । शैक्षिक नीति बहसमा प्रध्यापक डा. विद्यानाथ कोइराला, शिक्षा विद्य जनाधन आचार्य,सुर्खेतका जिल्ला शिक्षा अधिकारी जित बहादुर शाह,बाँकेका साहाया जिल्ला शिक्षा अधिकारी गोरख बाहादु थापा र हिसानका केन्द्रिय उपाध्यक्ष इश्वर प्रसाद पोखरेल सहभागीता रहेको थियो ।
शैक्षिक नीति बहस कार्यक्रमा विभिन्न विद्यालयका शिक्षहरुको समेत सहभागीता रहेको थियो । मुलुक संघीयतामा गएपछि प्रान्तिय शैक्षिक अवस्था र आवश्यकता विषयमा बृहत जानकारी तथा छलफलका लागि यो कार्यक्रम राजधानी बाहिरका चार प्रमुख शहर बिराटनगर, वीरगञ्ज, नेपालगञ्ज तथा धनगढीमा आयोजना गरिएको हो । पढ्नकै लागि राजधानी जानुपर्ने धारणा हटाउन तथा क्षेत्रीय स्तरका शैक्षिक संस्थाको उत्थानका लागि यो कार्यक्रम सहयोगी बन्ने आयोजकको विश्वास छ ।












प्रतिक्रिया