काठमाडौं, ५ साउन । सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गर्दै राजीनामा स्वीकृत गरेको छ ।
अतिरिक्त पेन्सनको लोभमा राजीनामा नदिएरै एसियाली विकास बैंक (एडीबी)को जागिर खान हिडेका सुवेदीको विहिबार बसेको मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
सुवेदी हाल एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको रुपमा फिलिपिन्सको मनिलामा हाजिर भइसकेका छन् ।











प्रतिक्रिया