काठमाडौं, ५ साउन । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका क्रममा मतदान केन्द्रमा खसेको बम टिपेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर राना प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा भएका छन् ।
बम टिपेर फालेका रानाको ‘बहादुरी’को मूल्यांकन गर्दै प्रहरी प्रधान कार्यालयले रानालाई असईमा बढुवा गरेको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
रानाले दोस्रो चरणको निर्वाचन अन्तर्गत असार १४ गते दाङको अम्बास मतदान केन्द्रमा मतदान भइरहेका बेला अज्ञात समूहले फालेको बम भुईमा खस्न नदिई क्याच गरेर त्यसलाई तत्काल सुरक्षित स्थानमा फाल्दै ठूलो दुर्घटना हुनबाट जोगाएका थिए ।
यसअघि गृहमन्त्री जनार्दन शर्मा र महानगरीय प्रहरी प्रभागले रानालाई बधाई तथा पुरस्कृत गरिसकेका छन् ।












प्रतिक्रिया