रुपन्देही, १० कात्तिक । रुपन्देही जिल्लामा जुवाको खालमा जुवा खेलिरहेका जुवाडे पक्राउ गर्न जाँदा जुवाडेको आक्रमणबाट एक प्रहरी घाइते भएका छन् ।
तिलोत्तमा नगरपालिकास्थित कुञ्जलापुरमा जुवाडेको आक्रमणबाट प्रहरी जवान पदम घिमिरे घाइते हुनुभएको हो ।
आक्रमणबाट घाइते प्रहरी जवान घिमिरेको टाउकोमा ५ वटा टाका लगाइएको छ ।
प्रहरीले उक्त घटनामा संलग्न तथा जुवा खेल्ने ४ जनालाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको छ ।
प्रहरीका अनुसार घिमिरेलाई भीमबहादुर थापा, कौडा खेल्ने ओमप्रकाश थापा, हेमप्रसाद कुमाल र रवि थापाले आक्रमण गरेका थिए ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय बुटवलले मात्रै २ लाख ९४ हजार रुपियाँ जुवाको खालबाट बरामद गरेको छ ।















प्रतिक्रिया