काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
अहिले केही समयपछि भाटभटेनीमा बैठक बस्नेछ । बैठकमा धारणा राख्न बाँकी सदस्यहरूले बोल्ने छन् । बैठकमा बोल्नका लागि थुप्रै नेताहरूले नाम टिपाएका छन् ।
अध्यक्ष कमल थापाले आफ्नो राजनीतिक कार्यपत्र बैठकमा पेश गर्नुभएको थियो । कार्यपत्रमाथि २० जना केन्द्रीय सदस्यहरूले बुधबार धारणा राखेका थिए ।
राप्रपाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हो ।
अध्यक्ष थापाको कार्यशैलीको विरोध गर्दै वरिष्ठ नेता पशुपति शम्शेर राणाले बैठक बहिष्कार गर्नुभएको छ ।











प्रतिक्रिया