काठमाडौं, ४ साउन । गृहमन्त्री जनार्दन शर्माले प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका डीएसपी सञ्जीव शर्मा दासलाई निलम्बन गरेका छन् । यसको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका छन् ।
६ वर्ष अगाडि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको बलात्कार अनि हत्यामा संलग्न आरोपीलाई सहयोग गरेको आरोपमा कारबाहीका लागि सिफारिश भएका डीएसपी दासलाई बढुवाका लागि सिफारिश गरिएको भन्दै आलोचना भएपछि गृहमन्त्री शर्माले निलम्बन गर्दै एक्सन लिएका हुन् ।
‘सामाजिक संजाल तथा सञ्चार माध्यमले डिएसपी सन्जिव शर्मा दास बारे उठाउनुभएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो’ गृहमन्त्री शर्माले फेसबुकमार्फत भनेका छन्– ‘सन्जिव शर्मा बारे थप अनुशन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउँछु ।’
डीएसपी दास बढुवा सूचीको ३५ नम्बरको सिफारिशमा रहेका छन् ।
















प्रतिक्रिया