१० मंसिर २०८३, बिहिबार

थापा, राणा र चन्दलाई पार्टी एकताबद्ध बनाउन सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवादलाई प्रमुख तीन शीर्ष नेताहरू मिलेर समाधान खोज्न दवाव परेको छ ।

काठमाडौंमा बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकाम धारणा राख्ने अधिकांश नेताहरूले असन्तुष्ट पक्षका कुरालाई पनि सम्बोधन गरिनुपर्ने सुझाव दिएका हुन् । बैठकमा अध्यक्ष कमल थापाले आफ्नो राजनैतिक कार्यपत्र पेश गर्नुभएको थियो ।

अध्यक्ष थापाको कार्यपत्रमाथि टिप्पणी गर्दै नेताहरूले सहमति र सहकार्यका साथ अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

‘धारणा राख्ने अधिकांश नेताहरूले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्छ भन्ने सुझाव दिनुभएको छ’, बर्तौलाले भन्नुभयो, ‘पार्टीभित्रको आन्तरिक एकता मजबुद बनाउनका लागि नै सुझाव आएको छ ।’

केन्द्रीय सदस्य सगुन लावतीले पार्टीभित्र कुनै असन्तुष्टि वा विवाद छ भने मिलेर समाधान खोज्न र पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न सुझाव आएको बताउनुभयो । लावतीले भन्नुभयो, ‘आजको बैठकको सन्देश मिलेर पार्टी अगाडि बढ्ने नै छ ।’

संविधान संशोधन र सरकारमा सहभागी हुने विषयमा पनि अधिकांस नेताहरू सकारात्मक रहेको सहायक महामन्त्री बर्तौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैठक चलिरहेको छ । मिश्रित धारणा आएको छ । तर, जे निर्णय गरे पनि पार्टीभित्र छलफल गरेर अगाडि बढ्न सुझाव आएको छ ।’

बैठकमा झण्डै दुई दर्जन केन्द्रीय सदस्यले धारणा राखेका थिए । धारणा राख्नका लागि थुप्रै नेताहरूले नाम टिपाएका छन् । धारणा राख्नेमा रामकुमार सुब्बा, बिन्दु पहाडी, जगत गौचन, तोरण गुरुङलगायतका नेताहरू रहेका छन् ।