काठमाडौं, १० कात्तिक । संविधानका विवादित विषयमा छलफल गर्न सोमबार सिंहदरवारमा बस्ने भनिएको बैठक बस्दै नबसी स्थगन भएको छ ।
नेकपा एमालेका नेताहरू अनुपस्थित भएपछि बैठक स्थगन भएको हो ।
बैठक सोमबार बिहान ९ बजे सिंहदरबारमा बस्ने तय भएको थियो ।
त्यही अनुसार कांग्रेस र एमालेका नेताहरू त्यहाँ भेला भएका थिए ।
तर, एमाले नेताहरूको भने त्यहाँ कुनै अत्तोपत्तो भएन । बैठकस्थलमा एमालेका तर्फबाट अग्नि खरेलमात्रै उपस्थित भए ।
एमाले अन्य नेताहरु नआउने संकेत पाएपछि साढे १० बज्न लाग्दा बैठक स्थगित भएको घोषणा गरिएको बुझिएको छ ।
कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समयमै बैठकस्थलमा आएका थिए ।
एमाओवादीका शीर्ष नेता पनि समयमै आएका थिए ।
बैठकमा एमाले नेताहरू अनुपस्थित भएपछि डा. बाबुराम भट्टरार्इ र प्रचण्डले आपसी छलफल गरेका थिए ।















प्रतिक्रिया