३१ आश्विन २०८३, शनिबार

काठमाडौंमा अपराध बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police

काठमाडौं, १० कात्तिक । काठमाडौंमा विभिन्न आपराधिक गतिविधि बढ्दै गएको पाइएको छ ।

काठमाडौं जिल्ला अदालतमा अपराधसँग सम्बन्धित विभिन्न मुद्दा दर्ता हुने क्रम तीव्ररूपले थपिँदै गएको छ । आव २०६९र०७० मा १५ हजार ७८८ मुद्दा दर्ता भएको थियो भने नौ हजार ३३६ फछ्र्योट गरिएको थियो ।

आव २०७०र०७१ मा १६ हजार ८०४ मुद्दा दर्ता भएकामा दश हजार ७६ फस्र्यौट भएको छ । अपराध बढेका कारण मुद्दा वृद्धि हुने क्रम थपिएको अदालतका उप–सचिव श्रीप्रसाद सञ्जेलले जानकारी दिए । जग्गा किचलो, पारिवारिक अंशबन्डा तथा अपुताली, बहुविवाहको मुद्दा दर्ताको अनुपात अघिल्लो वर्षको तुलनामा केही कम देखिएको छ ।

लेनदेन, करणी, चोरी, जीउ मास्ने बेच्ने विदेशी मुद्रा अपचलन, राजस्वसम्बन्धी, अदालतको अपहेलनालगायत ४६ शीर्षकमा मुद्दा दर्ता भएको अदालतले जनाएको छ । रासस