२९ आश्विन २०८३, बिहिबार

श्री एयरलाइन्सले नयाँ हेलिकोप्टर ल्यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SHREE-AIRLINES-NEW-HELICOPT

काठमाडौं, १० कात्तिक । निजी क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्सले फ्रान्समा निर्मित एयरबस कम्पनीको छ सिट क्षमताको आधुनिक नयाँ यात्रुबाहक हेलिकोप्टर ल्याएको छ ।

देशको मागअनुसार पर्यटन प्रवद्र्धन र उद्धार कार्यमा सेवा विस्तार गर्न अब एयरलाइन्ससँग आधुनिक तीनसहित नौ वटा हेलिकोप्टर रहेको श्री एयरलाइन्सका कार्यकारी अध्यक्ष बनवारीलाल मित्तलले बताए ।

करिब २५ करोड लागत रहेको सो हेलिकोप्टर ३० हजार फिटको उचाइसम्म उड्न सक्ने सुरक्षा, सुविधा र विश्वसनीयताको दृष्टिले युरोपेली मापदण्डअनुरूप रहेको अध्यक्ष मित्तलले जानकारी दिए ।

एयरलाइन्सले हालैको हिउँ पहिरोमा परेका पर्यटकको उद्धार कार्यमा सक्रियरूपमा सहयोग गरेको र देशभर धार्मिक पर्यटकलाई गन्तव्यस्थलसम्मको सेवा र कार्गो सेवासमेत पुराउँदै आएको जनाएको छ । रासस