१० मंसिर २०८३, बिहिबार

सुरु भयो राप्रपाको बैठक, चार वटा प्रतिवेदन पारित हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि कार्यसम्पादन समितिको बैठक बसेको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा भोलि बुधबारदेखि सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको बैठकको तयारीका विषयमा छलफल हुनेछ ।

राप्रपाका नेता दिलानाथ गिरीले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी भित्र देखिएको केही समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताउनुभयो ।

बुधबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने राजनीतिक कार्यपत्र, महामन्त्री जयन्त चन्दको सचिवालय प्रतिबेदन, महामन्त्री ध्रुबबहादुर प्रधानको स्थानीय तह निर्बाचनसम्बन्धी प्रतिबेदन, उद्धब पौडेलको आर्थिक प्रतिबेदन छलफल भई पारित हुनेछ ।

वरिष्ठ नेता पशुपति शम्शेर राणा भने बैठकमा आउनु भएको छैन । अर्का वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द पनि बैठकमा अनुपस्थित रहेको बताइएको छ ।