३१ आश्विन २०८३, शनिबार

अरुको मलामी जाँदा आफैँलाई कालले लग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ९ कात्तिक । अरुको मलामी गएका महेन्द्रनगरका एक युवक आफैँ कालको शिकार भएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, निम्बुखेडका २४ वर्षीय दिनेशप्रसाद भट्ट जेठाबुवा रुद्रप्रसादको मलामी गएका बेला महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

महाकालीको भुजेलाघाटमा नुहाउने क्रममा उनी नदीमा बेपत्ता भएको  आफन्तजनको भनाई छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङको संयुक्त टोलीले उनको खोजी कार्य जारी राखेको छ ।