२१ कार्तिक २०८३, शनिबार

मैतिदेवीमा सिन्धु पोलिक्लिनिकको निःशुल्क स्वास्थ्य शिविर, १५२ जनाले सेवा लिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । काठमाडौंको मैतिदेवीमा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १५२ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

मैतिदेवी क्षेत्रविकास समिति र सिन्धु पोलिक्लिनिक रिफरेन्स ल्यावरोटरी त्रिपुरेश्वरको संयुक्त आयोजनामा मैतिदेवी मन्दिर परिसरमा विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म आयोजित स्वास्थ्य शिविरमा सो आसपास बसोबास गर्ने १५२ नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण गराएका हुन् ।

डाक्टर कुम गुरुङको नेतृत्वमा चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणका क्रममा अधिकांश नागरिकमा सुगर, थाइराइड, ग्याट्रिक जस्ता रोग देखिएको सिन्धु पोलिक्लिनिकका सेल्स एण्ड मार्केटिङ एक्जुकेटिभ पदमराज बोहराले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य शिविरमा ९० जनाको स्याम्पल संकलन गरिएको छ । अन्यलाई चिकित्सकले स्वास्थ्य परीक्षणपश्चात परामर्श दिएर पठाएका छन् ।

सामाजिक सेवा अन्तर्गत नागरिकहरुले निःशुल्क सेवा लिउन भनेर स्वास्थ्य शिविरको आयोजना गरिएको सिन्धु पोलिक्लिनिकले जनाएको छ ।