२१ कार्तिक २०८३, शनिबार

भैरहवा बन्यो छाडा चौपयारहित क्षेत्र, मेयरले देखाए काम

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ३१ असार । रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवालाइ छाडा चौपया रहित नगर बनाउनेगरी सिद्धार्थनगरपालिका र जिल्ला ट्राफिक प्रहरी रुपन्देहीले संयुक्त रुपमा अभियान थालेका छन् ।

सिद्धार्थनगरपालिकामा बारम्बार आइरहने छाडा चौपया र त्यसले निम्ताउने सवारी दुर्घटनालाई समेत ध्यानमा राख्दै नगरपालिका र ट्राफिक प्रहरी रुपन्देहीले यस्तौ अभियान थालको प्रहरी निरीक्षक दक्ष बहादुर बस्नेतले जनाए ।

सिद्धार्थनगरपालिाकाले सम्पुर्ण नगरबासीलाई सूचित गर्दै कसैले पनि छाडा चौपया सार्वजनिक क्षेत्र, सडकमा नछाड्न अपील समेत गरेको छ । नगरका मेयर हरिप्रसाद अधिकारीले भने ‘म मिडीया मार्फत सबै नगरबासीसमक्ष अपील गर्दछु । कसैले पनि आ आफ्ना चौपया बाहिर जथाभावी नछाड्नुस । त्यस्तो भेटिएमा हामी पहिलो चरणमा चौपया नियन्त्रण गछौं दोस्रो चरणमा चौपयाका मालिक पत्ता लगाएर तीनलाई समेत कारबाहि गर्न बाध्य हुनेछौं ।

चौपया नियन्त्रणकोलागी नगरप्रहरी इन्चार्ज तारा बहादुर क्षेत्री र जिल्ला ट्राफिक प्रहरी इन्जार्च प्रहरी निरीक्षक दक्ष कुमार बस्नेतको टोली अहिले सिनपामामा खटिएको छ । प्रहरीको टोलीले चौपयालाई नियन्त्रणमा लिइ ट्रक तथा ट्याक्टरमा राखेर शंकरनगर स्थित गौशालामा पठाएको छ ।

प्रहरी निरिक्षक बस्नेतका अनुसार अहिले सम्म नगरमा ६३ वटा चौपया रहेका छन् । ती मध्ये अधिकांश गाइ रहेका छन् । दुध दिदा सम्म दुध खाने र त्यसपछि बजार तिर धपाउने मान्छेको प्रवृतिले नगरमा जथाभावी छाडा चौपायाले यहांको सौन्दर्यतामा समेत असर गरेको भन्दै नवनिर्वाचित मेयर हरि प्रसाद अधिकारी र उपमेयर उमा काफ्लेको निर्देशनमा नगरपालिकाभित्रको सार्वजनिक क्षेत्रमा भेटिएका सबै चौपायालाई तत्काल नियन्त्रणमा लिई गौशालामा पठाउन थालिएको हो ।