– सन्तोष यादब
सिरहा, ३० असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा केहिबेर अगाडी भएको मोटरसाइकल दुर्घटनामा तीन यूवक गम्भिर घाईते भएका छन् ।
स. २ प. ६९९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लहान नगरपालिका १२ छपराडीका विरेन्द्र ठाकुर, नरेन्द्र चौधरी र सुरेन्द्र साह गम्भिर घाईते भएका छन् । सुरेन्द्रको अवस्था चिन्ताजनक रहेकोले लहानमा उपचार सम्भव नहुँदा विराटनगर लगिएको छ भने विरेन्द्र र नरेन्द्रको उपचार लहान अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
घाईते तिनै जना एउटै मोटरसाइकलमा सवार थिए । उभेर तिब्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटनामा परेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया