२१ कार्तिक २०८३, शनिबार

जेठाजुले चलाएको भरुवा बन्दुकको छर्रा लागेर इन्द्राकुमारी घाइते

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ३० असार । रम्भा गाउँपालिका–५ ताँहु बस्ने ४३ वर्षीया ईन्द्राकुमारी सुर्यबंशी भरुवा बन्दुकको छर्रा लागेर शुक्रबार घाइते भएकी छन् ।

सोही ठाउँको धोवादी पोखरडाँडास्थित खरवारीमा घाँस काट्ने क्रममा एक्कासी छातीमा छर्रा लाग्दा घाइते भएकी उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ खटि गएको प्रहरी टोलीले बुझ्दा उनकै जेठाजु ५४ वर्षीय चेतबहादुर सुर्यबंशीले भरुवा बन्दुक लिई चरा मार्न हिँडेको भन्ने थाहा हुन आएकोले उनलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।