३१ आश्विन २०८३, शनिबार

सुरू भो मध्यतराईमा छठ पूजाको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chath puja

रौतहट, ९ कात्तिक । रौतहटलगायत मध्यतराईका जिल्लामा छठ पूजाको तयारी तीव्ररुपमा भइरहेको छ ।

यही कात्तिक १२ गते परेको छठ पूजाका लागि मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका कामहरू तीव्र रुपमा भइरहेको छ ।

यसैक्रममा रौतहटको चन्द्रनिगाहपुर, गरुडा, गौर, सिम्राभवानीपुर, समनपुरलगायत ग्रामीण क्षेत्रमा रहेका नदी, पोखरी तथा तलाउका छठघाटको सरसफाइ र सजावटको काम भइरहेको छ ।

चन्द्रपुर नगरपालिकाको चाँदी तथा मोथियाही घाट क्षेत्रको नदी तथा पोखरी परिसरमा अहिले पन्डाल लगाउने, सजावट गर्ने र सरसफाइको काम भइरहेको मोथियाही छठपूजा व्यवस्थापन समितिका अध्यक्ष जयमङ्गल यादवले बताए ।

छठपूजाका दिन  छठघाटमा आउने भक्तजन र दर्शनार्थीका लागि आवास तथा सुरक्षाको प्रबन्ध मिलाउन विशेष तयारी भइरहेको पनि  छठ पूजा समितिले जनाएको छ ।