३१ आश्विन २०८३, शनिबार

म्याग्दी कारागारमा बन्दीलाई सामूहिक भाईटीका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailम्याग्दी, ९ कात्तिक । जिल्ला कारागार शाखा म्याग्दीका कैदीबन्दीले यस वर्ष सामूहिक भाइटीका लगाएका छन् ।

बिम गाविस–२ तल्लो गाउँ स्थाई घर भई हाल बेनी बजारमा बस्दै आएकी विश्व शेरचनले कारागारका ५० जना कैदीबन्दीलाई सामूहिक भाईटीका लगाइदिएकी हुन् ।

आफ्नो भाइ भूपेन्द्र शेरचन विदेशमा रहेकाले जेल जीवन विताइरहेकालाई दाजुभाइ बनाएर टीका लगाएदिएको शेचरनले बताएन ।

घरमा आफ्नो दिदीबहिनी भएपनि विषेश कारणले आउन नसकेको अवस्थामा कारागारमै सामूहिक टीका ग्रहण गर्न पाउँदा घरमै भएको अनुभूति भएको कैदीबन्दीले बताएका छन् ।

म्याग्दी कारागारमा ८५ जना पुरुष र चार महिला रहेका छन् ।