२१ कार्तिक २०८३, शनिबार

‘समृद्ध गैँडाकोट महाअभियान वर्ष’ कार्यक्रम सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गैँडाकोट, २८ असार । गैँडाकोट नगरपालिका नगरसभाको प्रथम अधिबेशन सम्पन्न भएको छ ।

नगरसभाले गैँडाकोटलाई समृद्ध बनाउने लक्ष्यकासाथ आगामी ५ वर्षको कार्याकाललाई ‘समृद्ध गैँडाकोट महाअभियान वर्ष’को रुपमा विभिन्न कार्यक्रम अघि सारिने भएको छ । सो अन्तर्गत गण्डकीको पानी गैडाकोटको लगानी, कोईला खानी तथा चुन उत्खनन गर्ने, हेल्लो मेयर कार्यक्रम संचालन, त्रिर्माग निमाण अभियान, कृषक संग प्राबिधिक, यसै बिच नगरसभामा धारणा राख्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आजैको मितीबाट समृद्ध गैडाकोट महाअभियान संचालन भएको घोषण गर्नुभयो । उहाँले सबै नगरसभा सदस्य तथा नगरबासीलाई सम्बोधन गर्दै अभियानलाई सफल दिलाउन आहब्बान गर्नुभयो ।

यसैबिच नगरसभाले बिभिन्न बिधा शिक्षा, संचार, युबा, खेलकुद लगायत दर्जनौ बिधाका वर्ष उत्कृष्ट ब्यक्त सम्मान गर्ने लगायतका महत्वपुर्ण निर्णय गरेको छ ।

मंगलबार सुरु भएको अधिवेशनले न्यायिक समितिलाई पूर्णता दिएको छ । नगरसभाले सर्वसम्मत रुपमा नगरउपप्रमुख विष्णुकुमारी कंडेलको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ । न्यायिक समितिको सदस्यमा गैँडाकोट १ का वडा सदस्य सुरेन्द्रप्रसाद रेग्मी र गैँडाकोट १३ की वडा सदस्य छविकला पाण्डे निर्वाचित हुनुभएको गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले बताउनुभएको छ । न्यायिक समितिले कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने संविधानमा प्रावधान रहेको छ ।

यस्तै मंगलबारदेखि सुरु भएको नगरसभाले केही कार्यसूचिमाथि छलफल गरि स्वीकृत गरेको छ । गैँडाकोट नगरपालिकाको भवन तथा योजना मापदण्ड, नगरकार्यपालिकाको दरबन्दी स्वीकृत गरेको छ । यस्तै नगरसभाले भूकम्प लगायत विपद्बाट क्षति भएका घरको पुनः निर्माण गर्दा निर्माण गर्ने घरमा नक्सापास दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । यसैगरी गैँडाकोट नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता समेत स्वीकृत गरेको छ ।

गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि करिब ४४ करोड बराबरको आयव्ययको अनुमान गरेको छ । मंगलबार भएको नगरसभामा आगामी आर्थिक वर्षका लागि ४३ करोड ६९ लाख ५२ हजार रुपैँया बराबरको बजेट हुने अनुमान गरिएको छ । नगरसभामा उपप्रमुख विष्णुकुमारी कंडेलले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आन्तरिक स्रोतबाट ४ करोड ७८ लाख २ हजार र बाह्य स्रोतबाट ३८ करोड ९१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । यस्तै आगामी आर्थिक वर्षमा चालु खर्च तर्फ १५ करोड २० लाख ७१ हजार र पूँजीगत खर्चतर्फ २८ करोड ४८ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ ।