काठमाडौं, २८ असार । आगामी असार ३० गते हुन गैरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औ साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा महासचिवका प्रत्याशी रहेका सुजित श्रेष्ठले संघ अब परम्परागत ढंगले नचल्ने बताए । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित र संस्थागत गर्न सबैभन्दा पहिला संघकै सुदृढिकरण र आधुनिकिकरण गर्नुपर्नेमा श्रेष्ठको जोड छ ।
नेतृत्व सक्षम भए आम व्यवसायीका समस्या समाधानमा सहज हुने बताउँदै श्रेष्ठ कार्यसमितिका हरेक पदाधिकारी तथा सदस्यहरु आफ्नो जिम्मेवारीप्रति इमान्दार भएर प्रस्तुत हुनुपर्ने बताए । यसअघिका कार्यसमितिमा फरक समूहका पदाधिकारी आउदा एकले–अर्कालाई असफल बनाउने खेल चलिरहदा यसले आफैलाई नोक्सान पु¥याएको श्रेष्ठ बताउछन । उनले भने– ‘व्यवसायीक हकहित र पेशागत सुदृढताका लागि संघका प्रत्येक कार्यसमिति एकढिक्का बन्नुपर्छ ।’
संघको इतिहासमै पहिलो पटक सामूहिक प्रतिवद्धताका अलवा महासचिव भएपछिका १ बर्षे कार्ययोजना नै सार्वजनिक गरेका श्रेष्ठले संघ कार्यसमिति र नेतृत्वको सफलतामा अब महासचिव ठुलो जिम्मेवार बन्नुपर्ने जिकिर गरे । ‘मिटिङ बोलाउने, माइन्युट लेख्ने र सुचना प्रवाह गर्ने काम साह्रै परम्परागत भयो, महासचिवले अध्यक्षको बाटो खोल्नुपर्नेमा अहिलेसम्म यसो हुन सकेन अब यो परम्परा तोडिदैछ ।’ श्रेष्ठले भने– ‘संघको व्यवस्थापनमा आधुनिकिकरणसँगै संघको कार्यसम्पादनको जिम्मेवारीपूर्ण भूमिकामा अब महासचिव रहन्छ ।’
संघको कार्यशैलीलाई चुस्तदुरुस्त बनाउने काम मात्र होइन व्यवसायीक हकहित, सुरक्षा र वैदेशिक रोजगार व्यवसायको क्षेत्र व्यवस्थित, मर्यादित तथा संस्थागत गराउन पनि स्पष्ट एजेण्डा कार्यसमितिमा प्रस्तुत गरी त्यसलाई पुरा गर्ने आधार खोज्नु महासचिवको अर्को महत्वपूर्ण काम भएको बताउदै श्रेष्ठले सरकार तथा सरोकारित निकायसँगको सम्वन्ध, अन्तर्राष्ट्रिय संघ–संस्थासँगको सम्वन्ध, व्यवसायी तथा कामदारको समस्या समाधानमा प्रतिवद्ध रहने तथा संघको कार्यालयलाई आधुनिकिरण गर्दै समाज र राष्ट्रमा यस क्षेत्रले पु¥याएको योगदानलाई जनमानसमा स्थापित गर्न भूमिका खेल्ने बताए ।
उनले अहिले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा मुख्यतथा: फ्री भिसा फ्री टिकटको व्यवस्थापन, वैदेशिक रोजगार ऐनको समयसापेक्ष संशोधन, विभिन्न खाले सिण्डिकेटको अन्त्य, एजेन्ट व्यवस्थापनलगायतका विषयमा आफु प्रतिवद्ध रहेको बताए । ‘हामी खाली भाषणबाजीमा मात्र सीमित बन्यौ मैले यसलाई कार्ययोजना नै बनाएर काम गर्ने परिपाटी सुरु गर्ने कोषिश गरेको हुँ’ श्रेष्ठले भने ।












प्रतिक्रिया