२१ कार्तिक २०८३, शनिबार

सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्न बाध्य छन् महोत्तरीबासी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २८ असार । महोत्तरी जिल्लाका साविक बथनाहा गाविसका जनता वर्षौँदेखि जिल्ला सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्न बाध्य छन् ।

जिल्लाको पश्चिम दक्षिण कुनामा भारतसँग जोडिएको बथनाहाका बासिन्दा सरकार र सम्बन्धित निकायको उदासिनताका कारण सदरमुकाम जलेश्वर आउनका लागि भारतीय बाटो प्रयोग गर्न बाध्य भएको स्थानीयवासी चन्दन दुबेले बताउनुभयो ।

बथनाहा गाविस अन्तरगतका बथनाहा, मधवा, सकरी लगायतका हजाराँै बासिन्दा सदरमुकाम जलेश्वरमा सरकारी कार्यालयका कामकाज, हाटबजार वा व्यक्तिगत कामकाजका लागि नौ किलोमिटर दुरीको सदरमुकाम आउनुपर्दा भारतकै बाटो प्रयोग गर्नु परेको स्थानीय शिक्षक समीर रायले बताउनुभयो ।

आफूहरुले वर्षौदेखि भारत बिहार राज्यको सीतामढी जिल्लाको बराही, सुरसण्ड, गोपालपुर, नवाही र भिठ्ठामोड तय गरेर मात्रै जलेश्वर आउनुपरे उहाँको गुनासो छ ।

सदरमुकाम धाउनुपर्दा रु १५० का साथै दुई घण्टा थप समय खर्चिनुपरेको स्थानीयवासी अमित दुबेले बताउनुभयो । जिल्ला सदरमुकाम जलेश्वरसँग बथनाहालाई जोडने सडक वर्षौदेखि मर्मत नभएकाले दुर्घटना हुनाका साथै वर्षायाम लाग्ने बित्तिकै हिलो, पानी र माटो कटानजस्ता समस्याले बथनाहावासी भारतीय बाटो प्रयोग गर्न बाध्य भएका हुन् । रासस