काठमाडौं, ८ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान निर्माण प्रक्रियामा भएको ढिलाईप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले शनिबार बहिनी शोभा राज्यलक्ष्मी देबी शाहको निवासमा पुगी शुभसाइतको टिका थापेपछि सञ्चारकर्मीलाइृ प्रतिक्रिया दिदैँ यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
‘मलाई मेरो परिवारको अवस्थाको भन्दा देशको अवस्थाको बढी चिन्ता छ । देशले चाँडो भन्दा चाँडो राजनीतिक निकास पाओस्’, पूर्वराजा शाहले भने, ‘निर्धारित समयमा संविधान आउनुपर्छ आम जनताको त्यही चाहना छ ।’
उनले देश भ्रमणमा निस्कँदा आमनागरिकले पनि देशको अहिलेको अवस्थाप्रति चिन्ता व्यक्त गरेको भन्दै त्यो सुन्दा दुःख लागेको बताए ।
उनले नेताको भनाइ र गराईमा फरक भएकाले देश जटिल अवस्थामा पुगेको समेत दाबी गरे ।















प्रतिक्रिया