२१ कार्तिक २०८३, शनिबार

कृष्णपुरका मेयरको पहिलो निर्णय– अब वडा कार्यालयबाटै वृद्धभत्ता, जग्गाधनीलाई लालपुर्जा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २७ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका कार्यपालिकाको पहिलो बैठकले सामाजिक सुरक्षा भत्तालाई वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ ।

मंगलबार मेयर कर्ण हमालको अध्यक्षतामा नगरपालिका कार्यालयमा बसेको बैठकले वृद्धभत्तासहित ऐलानी जमिनका जग्गाधनीलाई लालपूर्जा दिने निर्णय समेत गरेको छ ।

यस्ता छन् निर्णयहरुः

१. आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्तालाई वडा कार्यालयबाट नै बितरण गर्ने ।

२. कृष्णपुर नगरमा बिगत ५०–६० बर्ष देखी हालसम्म चलन भोग गरिरहेको जग्गा जमिनलाई भोग चलन गरिरहेका व्यक्तीहरुलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) दिएर जनतालाई जग्गाको मालिक बनाउनका लागि कानुनी प्रकृयामा लैजाने ।

३. कृष्णपुर नगर कार्यालयबाट नागरिकहरुलाई दिने सेवा सुविधालाई सहज सरल छिटो छरितो दिन जनताकै घर आँगनमा पुर्याउनका लागी ९ वटै वडामा सेवा कार्यालय २०७४ श्रावण १ देखी स्थापना गरि सन्चालन गर्ने ।

४. स्थानीय तह निर्वाचनमा कृष्णपुर नगरपालिकामा मतदान गर्नु हुने मतदाता हरुलाई, निर्वाचनमा सहयोग गर्नुहुने सबै नगरका नागरिकहरु र निर्वाचनलाई भयरहित, स्वतन्त्र, निस्पक्ष, सुरक्षित पुर्वक सम्पन्न गर्नु हुने राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकाय र पत्रकारलाई धन्यबाद ज्ञापन ।
५. वार्ड नम्बर ५ मा संचालित विधुत महासुल काउन्टरलाई नियमित सञ्चालन गर्ने र वार्ड नम्बर ७,८,९ का लागि वडा सयुक्त्त कार्यालयमा विधुत महसुल संकलन गर्ने व्यवस्था मिलाउनका लागि नेपाल विधुत प्राधिकरणलाई अनुरोध गर्ने ।