२१ कार्तिक २०८३, शनिबार

बुद्धभुमिका मेयरको पहिलो काम नगर सरसफाई

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २७ असार । कपिलबस्तुको बुद्धभुमी नगरपालिका जन प्रतिनिधीले सरसफाई गर्दै काम को सरुवात गरेका छन । नगरपालिकाको पहिलो कामको रुपमा प्रमुख व्यापाररिक केन्द्र गोरुसिंगे बजार सरसफाई गरेका हुन । सरसफाई कार्यक्रममा बुद्धभुमी नगरपालिकाका मेयर केशव श्रेष्ठ उपमेयर मिरा थारु बुद्धभुमि २ का बार्ड अध्यक्ष भेषराज शर्मा खनाल संयुक्त रुपमा नगर सरसफाई गरेका हुन ।

निर्बाचित जन प्रतिनिधी नै सडकमा आएर फोहर उठाउन लागे पछी स्थानिय वासिन्दाले उनिहरुलाई साथ दिएका थिए । बुद्धबाटिका नगरपालिका हुदा हरेका साता फोहर फाल्न टिप्पर चल्ने गरेको थियो । तर नया संरचनामा बुद्धभुमि नगरपालिका घोषणा भए पछी फोहर फाल्ने टिप्पर चल्न रोकिएको थियो । जन प्रतिनिधीले सरसफाईबाट कामको सुरुवात गरेकोले स्थानिय उत्साहीत भएको बताईएको छ ।

कार्यक्रममा टोल विकास समिती का अध्यक्ष हिमलाल न्यौपाने, हरि शर्मा बडा नंं २ बडा सचिव नुमराज भुसाल, जिल्ला टाफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक अम्बर बहादुर कार्कि को सहभागिता रहेको थियो । उनिहरुलाई बडा सदस्य, नगरपालिकाका कर्मचारी, स्थानिय बासिन्दा, प्रहरी, समाजसेवी, ब्यापारी विद्यार्थीहरुले सहयोग गरेका थिए ।

मंगलबार विहान ८ वजे देखि कार्यक्रम संचालन गरीएको थियो । कार्यक्रममा स्थानिय वासीको उत्साहपुर्ण सहभागिता रहेको थियो । नगरपालिकाको प्रमुख वजार केही महिना देखि फोहर मैलाको व्यवस्थापन भएको थिएन । स्थानियहरुको चाहना सफा वजार रहेको थियो । हामीले जन चाहना अनुसार काम गरेको वुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले वताउनु भयो ।

बुद्धभुमि २ का बार्ड अध्यक्ष भेषराज शर्मा खनालले बडालाई सरसफाईको क्षेत्रमा नमुना वनाउनको लागी पहल गर्ने बताउनु भयो । अव देखि प्रत्येक मंगलबार सरसफाईका लागी नियमित रुपमा फोहर फाल्ने टिप्परको व्यवस्था गर्ने र फोहर फाल्नका लागी १००० थान पलास्टिकका बाल्टी १५ दिन भित्र बितरण गर्ने अध्यक्ष शर्माले वताउनु भयो ।