२१ कार्तिक २०८३, शनिबार

हत्यामा संलग्न दोषीलाई कारबाही गर्न महिला अधिकारकर्मीको जोड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, २७ असार । रुकुममा क्रियाशिल विभिन्न महिला संघ–संगठनहरुले महिला हत्यामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न जोडदार माग गरेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिका वडा नंं. १४ र पुथा उत्तरगंगा गाउँपालिका वडा नंं. ७ को महिला हत्याको घटनालाई लिएर एक प्रेस विज्ञप्ति मार्फत उनीहरुले यस्तो आग्रह गरेका हुन् । दुबै घटनाको घोतभत्र्सना गर्दै हत्याको सत्य–तथ्य छानबिन गरी हत्यामा संलग्न दोषीलाई हदै सम्मको कार्बाही गर्नुपर्ने माग उल्लेखित प्रेस विज्ञप्तिमा छ ।

गत असार १९ गते चौरजहारी नगरपालिका वडा नंं. १४ निवासी ४४ वर्षिया ललिता राणालाई उन्कै श्रीमानले हत्या गरेका थिए । राणा स्वास्थ्य चौकी दार्माकोट सल्याणमा परिचरको रुपमा कार्यरत थिईन् । उक्त घटना सेलाउन नपाउँदै आईतबार जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नंं. ७ मा पनि एक श्रीमानले २८ वर्षिया आफ्नै श्रीमती वयानसरी कामीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

कामी दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट पुथा उत्तरगंगा गाउँपालिका वडा नंं. ७ बाट दलित महिला सदस्यमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएकी थिईन् । पछिल्लो समय रुकुममा महिला हत्याका घटनाहरु दिनप्रतिदिन बढ्दै गएकाले यहाँका क्रियाशिल महिला संघठनहरुले एक जुट भएर महिला अधिकारको पक्षमा आवाज उठाउन थालेका छन् ।