२१ कार्तिक २०८३, शनिबार

सप्तरीका बाढी प्रभावित क्षेत्रमा पुग्यो अनेरास्ववियु, राहत वितरण सुरु

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय टोली सप्तरीको बाढी प्रभावित क्षेत्रमा पुगेको छ । सोमबार त्यहाँ पुगेको टोलीले मंगलबार (आज)बाट राहत वितरण कार्य सुरु गरेको छ ।

अनेरास्ववियुका केन्द्रीय सचिव आरसी लामिछानेका अनुसार अनेरास्ववियुको केन्द्रिय नेतृत्व तत्कालको लागि २० जनासम्म बस्न मिल्ने खालका ६७ वटा टेन्ट, ७०० त्रिपाल, २४०० थान रेनकोट, १५० परिवारलाई पुग्ने लत्ताकपडा, ९०० थान झुल, र खाद्य सामग्रीसहित सप्तरीको बाढीअति प्रभावित क्षेत्रमा वितरण गरिरहेको छ ।

केन्द्रीय टोलीमा अनेरास्ववियुकी अध्यक्ष नविना लामा लगायत केन्द्रीय पदाधिकारी सहभागी छन् ।