
काठमाडौं, २६ असार । स्थानीय निकायको चुनावमा मतदानस्थलबाट बम टिपेर फाल्ने हबल्दारसहित तीन प्रहरीलाई सोमबार राजधानीमा सम्मान गरिएको छ ।
चुनावका बेला साहसिक काम गर्ने नेपाल प्रहरीका हबल्दार दुर्गाबहादुर राना, हबल्दार धनप्रसाद कुमाल र जवान दलबहादुर आले सम्मानित भएका हुन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा निमित्त प्रहरी आयुक्त बमबहादुर भण्डारीले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरे । दोस्रो चरणको चुनावमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित आधारभूत विद्यालय, प्रतापकोट मतदान केन्द्रमा अज्ञात समूहले फालेको बम प्रहरी हबल्दार दुर्गाबहादुर रानाले समातेर फालेका थिए ।
सम्मानित भएका जवान आले र अर्का हबल्दार कुमालले पहिलो चरणको चुनावमा मतपेटिकाको सुरक्षा गरेको भन्दै सम्मान गरिएको हो ।












प्रतिक्रिया